ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
३१ असोज, काठमाडौं। ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र संस्थागततर्फ भने ३.२५ प्रतिशत अधिकतम ब्याजदर दिएको थियो ।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ०९:११












