कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान पुनः बस्ने
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।
आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराउनुभएकाे थियाे ।
बैठकमा संस्थापन इतरका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायत ७ जनाले आ-आफ्नो धारणा राख्नुभएकाे थियाे ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १७:४२








