श्रीनगर एग्रीटेकको आइपीओमा ८ गुणा बढी आवेदन, करिब १७ लाखको हात खाली हुने
३० असोज, काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.६४ गुणा बढी आवेदन हो ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने छ ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १७:१८












