२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

महिला लघुवित्तकी स्वतन्त्र सञ्चालक सिग्देलको राजीनामा स्वीकृत

३० असोज, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रोजी सिग्देलले दिएको राजीनामा स्वीकृत भएको छ । असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो ।

सिग्देलले गत भदौ २५ गते सञ्चालक पदबाट राजीनामा दिनुभएको थियो । उहाँ संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहनुभएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १३:३१