२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

साना किसान विकास लघुवित्तमा सीईओ माग

३० असोज, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

यसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन/बैंकिङ्ग/वित्तीय/मौद्रिक/अर्थशास्त्र/वाणिज्यशास्त्र/लेखाशास्त्र/तथ्यांकशास्त्र/गणिगशास्त्र/व्यापार प्रशासन/जनप्रशासन/कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ (घ) बमोजिम अयोग्य नभएको हुनु पर्नेछ।

प्रकाशित मिति : October 16, 2025 at 10:01 am