१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

३० असोज, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र भरतपुर चितवनमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

साथै, उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ०९:४८