एक बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
३० असोज, काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरेको हो । बैंकको उक्त सभाले असोज ७ गतेसम्म कायम सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर समेतका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सोही नगद लाभांश बैंकले सम्बन्धित सेयरधनीको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ०९:४२












