२६ पुष २०८२, शनिबार | Sun Jan 11 2026

नेपालले ओमानलाई जितका लागि दियो १५२ रनको लक्ष्य

२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा ओमानलाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल बनाउन सफल भयो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलको सामना गरेर महत्वपूर्ण अर्धशत प्रहार गरे । भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउन सके । उपकप्तान दीपेन्द्र सिंह ऐरि २ रनमा आउट हुँदा कुलश मल्लले ७ जोडे ।

dainiki.com

त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रनको योगदान गरे । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे । ओमानका लागि नादिम खान एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । नेपाल यस खेल अघि नै विश्वकपमा छनोट भइसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार २२:३९