२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

एमाले केन्द्रीय कमिटी बैठकः पहिलो दिन अध्यक्षको प्रतिवेदनमाथि ५० जनाले राखे धारणा

२९ असोज, काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् ।

आजदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका हुन् । केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्ने निर्णय सुनाउनुभएको थियो ।

यसअघिका बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो । महासचिव पोखरेलले यस्तो निर्णय सुनाएपछि बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतले असहमति जनाएका थिए । तर बैठक उल्टो वर्णानुक्रमअनुसार नै सञ्चालन भएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३/३ मिनेटको समय दिइएको थियो । बैठक भोलि बिहान ८ बजेदेखि पुनस् सुचारु हुनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १८:३०