२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

जनमतबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता

२९ असोज, काठमाडौँ ।  जनमत पार्टीबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहनुभएको छ ।

उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन (स्वराज)’ लाई आफ्नो वैचारिक नीति मान्दै नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १७:२७