१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थपियोः गृहमन्त्री अर्याल

२९ असाेज, काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थपिएको बताउनुभएकाे छ ।  बुधबार गृहमन्त्रालय बाहिर पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले देशमा शान्ति सुरक्षा कायम राख्न सरकारले काम गरिरहेको तर अपदस्त भएकाहरुबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेको बताउनुभएकाे हाे ।

‘राष्ट्रिय सुरक्षामा चुनौती थप्ने खालका गतिविधिहरु कहिँ कतैबाट भएका छन्। जो अपदस्त भएका थिए त्यहाँबाट भएका छन्। त्यसलाई हामी निगरानी गरेर सुरक्षा दिन्छौँ। निगरानी गर्नु पर्ने तत्वहरु को हुन् भन्ने थाहा पाएका छौँ हामीले’, गृहमन्त्री अर्यालले भन्नुभयाे ।

प्रकाशित मिति : October 15, 2025 at 5:05 pm