१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

बुधबार यी कम्पनीमा झुम्मिए लगानीर्ता

२९ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २२.५८ अंकले घटेर २५०५.५८ को बिन्दुमा बन्द भएको छ ।

आज ३१८ वटा कम्पनीहरुको ३ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २० करोड ५४ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १२ करोड ९८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ९ करोड रुपैयाँ र हिमालयन डिस्टीलरीको ८ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १५:१२