जेनजीसँग निःशुल्क सेयर दिने सहमति भएको छैनः भोटेकोसी पावर कम्पनी
२९ असाेज, काठमाडौं । भोटेकोशी पावर कम्पनी प्रालिले जेनजीलाई नि:शुल्क सेयर दिने कुनै सहमति नभएको स्पष्ट पारेको छ । कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग नि:शुल्क सेयर वितरण सम्बन्धी कुनै पनि सम्झौता नगरेको जनाएको हो ।
‘भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनीबीच नि:शुल्क सेयर वितरणका लागि कुनै सहमति भएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको १० प्रतिशत शेयरको लागि आवेदन दिनु अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको शेयरधनी बनाउने र प्रतिशेयर बराबर अंकित मूल्य १०० रुपैयाँ रहेको शेयर १० प्रतिशत मात्र उक्त पब्लिक कम्पनीलाई बिक्री गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार, आयोजना निर्माण सम्पन्न भइसकेकाले हरेक वर्ष वितरण हुने लाभांशबाट पब्लिक कम्पनीले लिएको ऋण र ब्याज भुक्तान सहमति भएको कम्पनीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : October 15, 2025 at 2:02 pm









