२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

एमाले सधैंका लागि सरकारबाट हट्‌यो भनेर भ्रममा नपरे हुन्छः केपी ओली

२९ असाेज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएकाे छ । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिनुभएकाे हाे ।

नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै उहाँले सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको बताउनुभयाे । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ उहाँले भन्नुभयाे, देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १२:५०