२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

देश प्रतिक्रान्ति र बर्बादीतर्फ गएको छः अध्यक्ष ओली

२९ असोज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रूपमा देशमा प्रतिक्रान्तितर्फ गएको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीलेदेश बर्बादीतर्फ धकेलिएको बताउनुभएको हो ।

‘यदि हामीले प्रभावकारी रोक्न सकेनौ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ’, उहाँले भन्नुभयो, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’ ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताउनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १२:३१