२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल

२९ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी हुनुहुन्छ । पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १०:२६