१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै एशियन कंक्रिटो

२९ असोज, काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि कात्तिक १९ गते नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा साधारणसभा बोलाएको छ । सभा बिहान साढे १२ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणलाई छुट्टाइएको सेयरमध्ये सम्बन्धित क्षेत्र र समूहलाई समेत सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ जारी गरेपश्चात कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आईपीओ निष्कासनका लागि थप कुनै निर्णय वा कार्य गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १०:०६