१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

२९ असोज, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले  सूचना प्रकाशि भएको ३५ दिनभित्र आवश्यक कागजात सहित भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नछ।

साथै, तोकिएको समयावभिधित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति : 09:57