२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सूर्याेदय वोमी लघुवित्तले माग्याे ठूलो संख्यामा कर्मचारी

२९ असाेज, काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेकाे छ । कम्पनीले सहायक श्रेणीका विभिन्न ४ वटा पदहरूमा कुल ४२ जना कर्मचारी माग गरेको छ।

कम्पनीले सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जना कर्मचारी माग गरेको हो। योग्य तथा इच्छुक व्यक्तिले कात्तिक २१ गतेभित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ०९:२३