एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यी विषयमा छलफल हुने
२९ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाग महलमा बस्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।
केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ०७:४६








