नेप्सेमा १ अर्ब ८३ करोडको बोनस सेयर सूचीकृत
२८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको अवधिमा नेप्सेमा १ अर्ब ८३ करोड बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
सो अवधिमा नेप्सेमा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु।१७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १७:१४














