१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

ग्रामीण विकास र समाज लघुवित्त मर्ज, कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने

२८ असाेज, काडमाडौं । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएका छन् । यी दुवै संस्थालाईलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको हो । यी दुवै कम्पनीले अब आउँदो कात्तिक २ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको लाइसेन्सप्राप्त कम्पनीले आपसमा मर्ज भएपछि ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ काे नामबाट कारोबार थाल्ने भएका हुन्।

ग्रामीण विकास लघुवित्तको कार्यालय बुटवल, रुपन्देहीमा रहेको छ भने समाज लघुवित्तको मलंगवा, सर्लाहीमा रहेको छ। मर्जपछि कम्पनीको प्रधान कार्यालय हाल ग्रामीण विकास लघुवित्त रहेको स्थानमा रहनेछ। कम्पनीहरूलाई राष्ट्र बैंकले असोज २३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो।

दुवै वित्तीय संस्थाको तथ्यांकलाई एउटै सफ्वेयरमा मिलान गर्नुपर्ने भएकाले कात्तिक १ गते दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने छ ।

प्रकाशित मिति : October 14, 2025 at 10:44 am