१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२८ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित)  गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : October 14, 2025 at 10:25 am