२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लगानीकर्ताको माग पुरा गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता

२७ असाेज, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ।  पुँजी बजार सुधार सुझाब कार्यदलले बुझाएको प्रतिवेदन अनुसार सुधारका काम कार्यान्वयनमा गइरहेको बोर्डले उल्लेख गरेको छ।

बोर्डले धितोपत्र बजार सम्बन्धी लगानीकर्ताले बोर्डमा पेश गरेको सुझाव तथा उठान गरेका विभिन्न विषयहरूको प्रक्रिया अगाडि बढाउने विषयमा बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

प्रतिवेदनले २०८२ कात्तिक भित्र मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने र सिडिएससीमा रहेको आइएसआइएनमा एकरूपता ल्याउनुपर्ने उल्लेख छ।

प्रकाशित मिति : October 13, 2025 at 3:45 pm