९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा बन्द भएको छ ।  आज ३३० कम्पनीको ९९ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो।

यसदिन २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । साेमबारनेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यी कम्पनीकाे सेयरमूल्य यस दिन १० प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १५:२१