१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सेयर बजारमा सुधार आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा बन्द भएको छ ।  आज ३३० कम्पनीको ९९ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो।

यसदिन २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन एनआरएन इन्फस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ९१ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ४७ लाख ७० हजार , १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को २४ करोड ४५ लाख २३ हजार रुपैयाँ, सिएडिबी होल्डिङको २० करोड ९२ लाख ५२ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १८ करोड ७३ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : October 13, 2025 at 3:13 pm