१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु

२७ असोज, काठमाडौं । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडले इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ ।

माई सि जलविद्युत आयोजनाबाट असोज २३ गतेदेखि र अप्पर माई जलविद्युत आयोजनाबाट असोज २६ बेलुकीदेखि प्लान्ट संचालनमा आई दुबै आयोजना बाट विद्युत उत्पादन सुचारु भएको हो ।

गत असोज १७ र १८ गते वर्षातको कारण माई खोलामा आएको बाढीले अप्पर माई जलविद्युत आयोजना (९.९८ मेवा) को हेडवर्क र सिभिल सरंचनाहरुमा र माई सि जलविद्युत आयोजना (५.१ मेवा) को पावर हाउस र हेडवर्कमा क्षती पुऱ्याएको थियाे । क्षती पुगेसँगै यी कम्पनीकाे  असोज १८ गते बेलुकादेखि  विद्युत उत्पादन बन्द भएको थियो । दुवै आयोजनाको मर्मत सम्भार पश्चात विद्युत उत्पादन सुचारु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १४:३३