१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

धितोपत्र बोर्डका कर्मचारी २१ दिनदेखि आन्दोलित, सेवा प्रवाह ठप्प

२७ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जारी कर्मचारी आन्दोलन २१ दिनमा प्रवेश गरेको छ। अर्थ मन्त्रालयले आफ्नो निर्णयमा कुनै परिवर्तन नगर्ने स्पष्ट सन्देश दिएपछि आन्दोलन झन् जटिल बन्दै गएको छ। अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आन्दोलनलाई जारी राखेका हुन् ।

अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष ९ञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ तत्काल खारेज गर्न भनेको थियो । त्यसपछि उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरू कार्यालयमा उपस्थित भए पनि नियमित काम ठप्प छ। अर्थ मन्त्रालयको असोज २ गतेको पत्रलाई उनीहरूले बोर्डको स्वायत्ततामाथि ठाडो हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १४:०२