विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक, राजदूत पण्डितले दिए सूचना
२७ असोज, काठमाडौँ । दुई वर्षअघि हमासको अपहरणमा रहेका नेपालका विपिन जोशी जीवित नरहेको तथ्य सार्वजनिक भएको छ । विपिन जिवित छैनन् भन्ने कुरा इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले जानकारी गराएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिनुभयो ।

विपिनको परिवारका सदस्यलाई पनि यसको जानकारी दिइएको छ । हिजो मात्र विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले हमासले सार्वजनिक गर्ने बन्धकको सूचीमा विपिनको पनि नाम समावेश रहेको भन्दै तस्बिर सार्वजनिक गरेका थिए । हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनको शवको बारेमा पनि यकिन छैन ।
प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:१८












