२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

तीन जनाको मतमा केपी ओलीका लागि संसद पुनःस्थापना माग्ने एमालेको निर्णय

२६ असोज, काठमाडौँ । नेकपा (एमाले)ले तीन जना नेताको मागमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि प्रतिनिधिसभा (संसद) पुनःस्थापना माग्ने निर्णय गरेको छ । विगतमा संसद विघटन गरेर बदनाम ओलीका लागि संसद पुनःस्थापनाको माग एमालेमा तीन जनाले गरेका थिए ।

सचिवालयका एक सदस्यले दैनिकीलाई दिएको जानकारी अनुसार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले मात्र संसद पुनःस्थापनाको पक्षमा बोल्नुभएको थियो । अध्यक्ष ओलीले तीन जनाको आवाजमा पार्टीको निर्णय भनेर संसद पुनःस्थापनाका लागि पार्टीले आन्दोलन नै गर्ने निर्णय गर्नुभएको छ ।

आफ्नो राजिनामा माग्नेहरूको पटक पटक नाम लिएर झोक्किदै बोल्नुभएको ओलीले महाधिवेशनको फोरमभन्दा बाहेर नेतृत्वको बहस नै हुननसक्ने दलिलत पेश गर्नुभयो ।

ओलीले संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जाने र आन्दोलनमा जाने अरू शक्तिहरूसँग पनि सहकार्य हुने बताउनुभयो । ओलीको डरले जेमा पनि मुन्टो हल्लाउने एमालेका पदाधिकारीले यो पटक एकै जनाले १ घण्टा १५ मिनेटसम्म बोलेका छन ।

एमालेको सचिवालय बैठकमा चार जना नेताले ओलीको राजिनमा मागेका छन । तीन जनाले ओलीको प्रतिरक्षा गरेका छन भने बाँकीले नेतृत्वको कड शब्दमा आलोचना गरेर पार्टी पुनर्गठन अको अनिवार्य शर्त हुनुहुपर्ने बताएका छन ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको लागि आफूले संघर्ष गरेको कारण भदौ २३ र २४ को घटना गराइएको दलिल बैठकमा पटक पटक गर्नुभएको थियो ।आइतबारको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मसिनो ढंगले समीक्षा गर्दै नेतृत्व चयन आगामी महाधिवेशनले गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्वको कार्यशैलीको आलोचना गर्नुभयो ।

सचिवहरुमध्ये गोकर्ण विष्ट र योगेश भट्टराईले कडा शब्दमा ओलीको राजिनामा माग्नुभयो । सचिवहरु छविलाल विश्वकर्मा र पद्मा अर्यालले उपमहासचिव गुरुङकै शैलीमा नेतृत्वको आलोचना गर्दै महाधिवेशन मार्फत पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभयो ।

राजिनामा माग्ने नेताहरु नै आधा दर्जन कटेपछि ओलीले पटक पटक मैले किन राजिनामा दिने भन्दै प्रतिपश्न गरेको बैठकमा सहभागीले बताएका छन ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार २३:१९