२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

आगमी मंसिरसम्म एमालेको नेतृत्व केपी ओलीले नै गर्ने

२६ असोज, काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । आइतबार सकिएको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि ज्ञवालीले भन्नुभयो, ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ ।’ ज्ञवालीले स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने बताउनुभयो ।

dainiki.com

योसँगै आगमी मंसिरसम्म एमालेको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने हुनुभएको छ । सचिवालयसहित पार्टीका सबै कमिटीबाट बहुमत गुमाउनुभएको ओलीले तत्कालै अध्यक्षबाट राजिनामा दिनुपर्ने अवाज बहुमत सचिवालय सदस्यले उठाउनुभएको भए पनि सबैको सहमतिमा महाधिवेशन मार्फत निकास खोज्ने निर्णय भएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार २१:४६