आसिफको अर्धशतकमा नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
२६ असाेज, काठमाडाैं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा खेलेर ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्काको मद्दतमा २८ रन बनाए।
कप्तान रोहितकुमार पौडेल २० रन, दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्लले १० रन मात्र जोडे। गुल्सन झाले ५ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए। सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे।
प्रकाशित मिति : October 12, 2025 at 6:08 pm









