२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

खोलामा डुबेर कर्मचारीको मृत्यु


११ चैत, संखुवासभा । संखुवासभाको आइतबारे दहमा पौडी खेल्ने क्रममा अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका कर्मचारीको डुबेर मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी गुरुङको साथीसँग खाँदबारी नगरपालिका–९ स्थित सभाखोलाकोे दहमा पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरी टोली तथा स्थानीयवासीले उद्धार गरी उपचारका क्रममा मनकामना अस्पताल तुम्लिङटार पठाइएको गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार ०९:२४