१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

२६ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ को बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो ।

आइतबार नेपाल माइक्रा इन्स्योरेन्सको सेयरमूल्य ६.०१ प्रतिशतले बढेकाे छ । आज नेपाल रिको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३८ करोड ७ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १५:२३