१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

एचआईडीसीएलको अध्यक्षमा चटौत, सञ्चालकमा आचार्य

२६ असार, काठमाडौं । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को अध्यक्षमा चिरञ्जीवी चटौत चयन हुनुभएकाे छ । चटौत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको असोज २३ गतेको पत्रानुसार अध्यक्ष चयन हुनुभएकाे हाे ।

मन्त्रालयका सचिव चटौतले कम्पनीको सञ्चालक समितिको बैठकसमक्ष अध्यक्ष पदको शपथ ग्रहण गर्नुभएकाे छ । यसअघिका कम्पनीका अध्यक्ष सुरेश आचार्यको अवकाश पश्चात कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।

यस्तै कम्पनीको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सहसचिव यज्ञ प्रसाद भट्टराईको स्थानमा सहसचिव महेश आचार्य सञ्चालकमा मनोनयन हुनुभएकाे छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १४:३०