२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

एमाले सचिवालय बैठक गुण्डुमा सुरु

२६ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले धारणा राख्ने छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १२:५०