अभियान लघुवित्तको संचालक दाहालको राजिनामा स्वीकृत
२६ असोज, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिनुभएको थियो ।
उहाँको राजिनामा असोज २४ गते शुक्रबार स्वीकृत भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १२:१३







