प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से
२६ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेर बन्द भएको छ।यस दिन सो सेसनमा नेप्से १.७८ अंकले बढेर २५८३.९७ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ६७ पटकको कारोबारमा २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँ ८० पैसाबराबरको ४४ हजार १७३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १०:५६













