२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

भर्ने होइन त ? श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

२६ असोज, काठमाडौं। श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्काशन बन्द छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ०९:२३