२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

सचिवालयमा बहुमत गुमाएसँगै ओली बिरामी, बैठक स्थगित गरेर महाधिवेशनपछिको पद बाँड्दै

२५ असोज, काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकमा बहुमत गुमाएपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनपछिको पद बाँडेर सचिवालय सदस्यहरूलाई फकाउने अभियान सुरू गर्नुभएको छ ।

बहुमत पदाधिकारीले सचिवालय बैठकबाटै हटाउने तयारी गरेपछि ओली तनावमा हुनुहुन्छ। उहाँको सचिवालयले ओली बिरामी रहेकाले आजको बैठक भोलिबा लागि भनेर सारेको जानकारी सचिवालयका सदस्यहरूलाई दिएको छ ।

सचिवालयमा बुहमत गुमाएपछि ओली तनावमा रहेको कुरा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य राजन भट्टराई, केन्द्रीय सदस्य राजिव पहारी लगायतले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीहरूले पनि संकेत गर्छ । बहुमतले सचिवालयबाटै हटाउने तयारी गरेको सुइँको पाएपछि उनीहरूले नेतृत्वको बारेमा महाधिवेशनबाट निर्णय लिनुपर्ने भन्दै टिप्पणी गरिरहेका छन । त्यस्तै महासचिव पोखरेलले अहिले निराशाको कुरा गरेर नभइ उत्साहकको कुरा गरेर केपी ओली जिन्दावाद भन्नुपर्ने तर्क सञ्जाल मार्फत गर्नुभएको छ ।

सचिवालयको बैठक नै स्थगित गरेर ओलीले महाधिवेशनपछि पनि आफूनै अध्यक्ष हुने र त्यसमा रोजेको पद दिने भन्दै पदाधिकारी फकाउन थाल्नुभएको छ । सचिवालय बैठकको बहुमतले राजिनामा मागेपछि तनावमा देखिएका ओलीले महाधिवेशनपछि कसलाई कुन ठाउँमा व्यवस्थापन गर्ने भनेर अहिले पद बाँड्न सुरू गर्नुभएको उहाँ निकटले स्रोतले बताएको छ । बैठक स्थगित गरे पनि ओलीले भेटवार्ता रोक्नुभएको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार १२:५४