राजस्थानको संस्कृति झल्किने ‘रामबाग महल’मा बस्ने भो एमाले बैठक
२५ असोज, काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक भारतको राजस्थान राज्यको कला संस्कृति झल्किनेगरी रामबाग निर्माण गरिएको झम्सिखेलको ‘रामबाग महल’मा हुने भएको छ ।
३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको रामबाग दुई वर्षदेखि सञ्चालनमा रहेको छ । नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले ‘रामबाग महल’मामा बैठक बस्ने भन्दै केन्द्रीय सदस्यहरूका लागि निम्तो पठाउनुभएको छ ।

एमालेको सचिवालय बैठक जारी रहेको छ । शुक्रबारदेखि जारी बैठक आज शनिबार सकिदैछ । बैठकले केन्द्रीय कमिटीको एजेण्डा तय गर्दैछ ।
केन्द्रीय कमिटीको बैठक असोज २९ गते सुरू हुनेछ । यसअघि असोज २७ र २८ गतेका लागि तोकिएको बैठक अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई भेटेर फकाउने क्रम नसकिएको भन्दै शुक्रबार नै सारिएको जानकारी बाँडिएको थियो । असोज २९ गते बिहान ११ बजे बैठक सुरू हुने बताइएको छ ।
प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार १०:१४








