केपीले ‘कु’ गरेको विद्या भण्डारीको सदस्यताबारे बोले विष्णु पौडेल
२४ असोज, काठमाडाैँ । केपी ओलीले ‘कु’ गरेको विद्या भण्डारीको नेकपा (एमाले)को सदस्यताबारे उपाध्यक्ष विष्णु पौडेलले पनि मुख खोल्नुभएको छ । शुक्रबारबाट सुरू भएको एमाले सचिवालय बैठकमा ओलीले गरेको ‘कु’ सच्याएर भण्डारीलाई एमालेमा स्वागत गर्नुपर्ने धारणा राख्नुभएको छ ।
शुक्रबारको बैठकमा विष्णु पौडेलसँगै विगतमा भण्डारीको सदस्यताको पक्षमा बोल्दै आउनुभएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादलले पनि ओलीले गरेको ‘कु’का विरूद्धमा आफूलाई उभ्याउनुभएको छ ।

सचिवालय बैठकमा सहभागी एमालेको एक जना सचिवले शुक्रबार तीन नेताले नै भण्डारीको सदस्यताका बारेमा बोल्नुभएको जानकारी दिँदै पार्टीमा काम गर्न चाहनेलाई वेलकम गर्नुपर्ने बताउनुभयो । उहाँहरूले ओलीले गरेको ‘कु’ गरेको विद्या भण्डारीको सदस्यताका बारेमा आगामी केन्द्रीय कमिटी बैठकले थप निर्णय लिनुपर्ने बताउनुभएको छ ।
यसअघि ओलीले होहल्लाका बीचमा एजेन्डामै नरहेको विषयमा निर्णय सुनाउँदै भण्डारीको पार्टी सदस्यता ‘कु’ गरेको घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार २२:३३








