उत्तेजना र प्रतिशोधभन्दा माथि उठौंः रमेश लेखक
२४ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताउनुभएकाे हाे । ‘अहिले उत्तेजित हुने, आग्रह/पूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ ।’ उहाँले भन्नुभयाे, ‘मुलुकलाई लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढाएर ठिक ठाउँमा पुर्याउनका निम्ति हामीले संविधान र कानून बमोजिम आ-आफ्नो कार्यसम्पादन गर्नुपर्छ ।’
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १५:५९








