लाभांश पारित गर्दै कामना सेवाको साधारणसभा सम्पन्न
२४ असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १९ औं सभा असोज २४ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।
बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त सभाबाट १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।
साथै, उक्त सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १४:४६












