२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

गाई काटेको आरोपमा ७० वर्षीया राना सहित ३ जना पक्राउ


११ चैत, कपीलवस्तु । कपीलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले ७० वर्षीया हुमबहादुर राना सहित ३ जनालाई पक्राउ गरेको छ ।

रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो ।

राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिए । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार ०९:११