कांग्रेस बैठकमा गगनले राखे नियमित महाधिवेशन गर्ने प्रस्ताव
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव गर्नुभएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गर्नुभएको हो ।
केही समयअघिदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आउनुभएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो, र यो महाधिवेशनको चार वर्षे कार्यकाल आगामी मंसिरमा पूरा हुनेछ।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १७:१४








