१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

असोज १३ देखि हराएकी एक महिला ककनीको कोल्पुखोलामा मृत फेला

२३ असोज, नुवाकोट । नुवाकोटको ककनीमा एक महिला मृत अवस्थामा भेटिएकी छिन । ककनी गाउँपालिका वडा नम्बर ३ मिसिनेमा अवस्थित कोल्पुखोलाको किनारामा जिल्लाकै तादी गाउँपालिका वडा नम्बर २ को ५० वर्षीय माइती तामाङ मृत भेटिएकी हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाले दिनुभएको जानकारी अनुसार गलेको अवस्थामा भेटिएको शव माइतीको श्रीमान सार्की तामाङले आफ्नो श्रीमतिको भएको पुष्टि गर्नुभएको जानकारी दिनुभयो ।

माइती असोज १३ गते घरबाट निस्क्नुभएको थियो । उहाँले डम्पिङ साइडमा फोहोर संकलनको काम गर्दै आउनुभएको थियो ।

यसअघि असोज २० गते लिखु गाउँपालिकाको गँड्खारमा लिखु गउँपालिका वडा नम्बर ४ का पूर्णबहादुर राईको खब लिखु खोलामा भेटिएको थियो । राई खोला तर्ने क्रममा बगेको स्थानीयले बताएका थिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १६:४६