राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटायो
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै सेयर धितो कर्जाको सीमा हटाएको हो । अब सेयर धितो कर्जामा कुनै पनि सीमा नलाग्ने भएको हो ।
यस अघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ। केन्द्रिय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भएको छ ।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०९:३२










