१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

२३ असोज, काठमाडौं। शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर नारायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०९:१५