२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

राज्यले कानुनबमोजिम कारबाही नगरे टोलटोलबाट जनकारबाही हुने सूर्य थापाको चेतावनी

२३ असोज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्ला, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र हामी नेपालका अध्यक्ष सुदन गुरूङलाई दलाई लामा ग्याङको उपमा दिनुभएको छ । बिहीबार फेसबुक मार्फत उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

dainiki.com

थापाले संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पुर्याउँछन् भनेर हेक्का राख्न सुझाव पनि दिनुभएको छ । उहाँले राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुने चेतावनी दिनुभएको छ ।

यस्तो छ थापाको टिप्पणी

अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया। चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके। गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ।

एक एक ऐतिहासिक सम्पदा,सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन्। राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०९:१४